हङकङ स्थित नेपाली महावाणिज्यदूतावासले नेपाली राष्ट्रिय दिवस तथा संविधान दिवस भव्य रुपमा मनाएकाे छ ।

शुक्रबार साँझ विभिन्न कार्यक्रम सहित राष्ट्रिय दिवस मनाईएकाे हाे ।

हङकङ सरकारका प्रशासनिक उपसचिव चेक विङ हिङकाे प्रमुख आतिथ्यता तथा हङकङकाे परराष्ट्र मन्त्रालय अन्तरगतकाे आयाेगका उप आयुक्त फाङ जियन्मिनकाे विशेष आतिथ्तामा भएकाे कार्यक्रममा नेपाली सहिदहरुकाे सम्झना गर्दै साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएकाे थियाे । 

IMG_20240921_103747

साे अवसरमा बाेल्दै हङकङ तथा मकाउका लागि महावाणिज्यदूत उदयबहादुर राना मगरले नेपालकाे संविधान, सहिदहरुकाे याेगदान तथा नेपालकाे सामाजिक आर्थिक विकासका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि हिङले पनि नेपालकाे राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समुदायले हङकङकाे विकासमा पुर्याएकाे याेगदान तथा नेपाल र हङकङ बिचकाे सम्बन्ध बारे चर्चा गरेका थिए ।

IMG_20240921_103834

कार्यक्रममा हङकङका प्रशासनिक अधिकारीहरु तथा हङकङ र मकाउका नेपाली समुदायकाे उपस्थिति रहेकाे थियाे ।

IMG_20240921_103803