नेपाली ब्याडमिन्टन क्लब लान्ताउ, हङकङकाे प्रथम ब्याडमिन्टन प्रतियाेगीता सम्पन्न भएकाे छ ।

प्रतियोगितामा ए डिभिजनबाट बिरेन थापा र रवि चन्द्र लिम्बूकाे जाेडि विजेता बन्याे भने सम्बिर गुरुङ र प्रेम थापाकाे जाेडि उपविजेता बन्याे । त्यस्तै बि डिभिजनबाट नीर आले मगर र शिबचन्द्र लिम्बूकाे जाेडि विजेता तथा विनाेद गुरुङ र कमलध्वज लावतीकाे जाेडि उपविजेता बन्याे ।

IMG_20240922_134701

त्यसैगरी भेट्रान्स तर्फ विष्णु प्रताप मल्ल र नरेनकुमार श्रेष्ठकाे जाेडी विजेता बन्याे भने मानसिङ गुरुङ र नरेन गुरुङकाे जाेडी उपविजेता बनेकाे खेल संयाेजक सम्बिर गुरुङले बताए । 

प्रतियाेगीताका विजेतालाई हङकङ डलर ५ हजार र उपविजेतालाई हङकङ डलर ३ हजार प्रदान गरिएकाे थियाे ।

प्रतियाेगीतामा ए डिभिजनबाट १२ र बि डिभिजनबाट २० टिम सहभागी थिए । क्लबका अध्यक्ष नरेनकुमार शेर्पाकाे अध्यक्षता तथा एचकेएनबिएका अध्यक्ष शुभराज राईकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा लाेकराज राई, विष्णु थापा, अमृत लिम्बू, दिपेन राई, आनन्द श्रेष्ठ, अम्बु गुरुङ लगायतका अतिथिहरु रहेका थिए ।

IMG_20240922_134243

आयाेजक क्लबका सचिव नीर आले मगरले कार्यक्रम सञ्चालन  गरेका थिए ।