हङकङमा रहेका नेपालीहरुको साझा संस्था हङकङ नेपाली महासंघको २६ औं वार्षिक उत्सव भव्य रुपमा मनाईने भएको छ ।

महासंघले सोमबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार आगामी अक्टोबर ६ मा हङकङको ब्लु ओसन रेष्टुरेन्टमा वार्षिकोत्सव मनाईने छ । वार्षिक उत्सवमा नेपालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुईत प्रमुख अतिथिका रुपमा सहभागी हुने महासंघकी अध्यक्ष रिता गुरुङले जानकारी दिईन् । कार्यक्रममा नेपालबाट डा.रुईतकी श्रीमति नन्दा लक्ष्मी श्रेष्ठ रुईत र केदार प्रसाद आचार्य सहभागी हुने बताइएको छ ।

वार्षिकोत्सवको अवसरमा डा.रुईतलाई हङकङवासीको तर्फबाट सम्मान गरिने कार्यक्रम छ भने डा.रुईतको हातबाट हङकङकका विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान गरिने जनाइएको छ।

hk (3)

महासंघमा आवद्ध नेपाली संघ संस्थाहरुको समेत सह-आयोजनामा हुने वार्षिकोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न तयारी भईरहेको महासंघका पूर्वअध्यक्ष प्रदीप थापाले जानकारी दिए । पत्रकार सम्मेलनमा महासंघका पदाधिकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

hk (1)

तस्बिर : देवमान लिम्बु