विजयपुर । लुम्फुङ्वा कल्याणकारी संस्थाको आठौं साधारणसभा सम्पन्न भएको छ ।

शनिबार धरानमा संस्थाका अध्यक्ष पूर्णबहादुर लुम्फुङ्वाको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाको पूर्वअध्यक्ष लेप्टेन (अ.प्रा.) नरबहादुर लुम्फुङ्वा प्रमुख अतिथि रहेका थिए । साधारणसभामा संस्थाको सचिव लक्ष्मीनारायण लुम्फुङ्वाले वार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिए । संस्थाको कोषाध्यक्ष उत्तम लुम्फुङ्वाले आर्थिक वर्ष . २०८०/८१ को आर्थिक प्रतिवेदन र उपचार कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको संस्कार संस्कृति उप–समितिको सचिव लिला लुम्फुङ्वाले हालसम्म संस्कार संस्कृति सम्वन्धमा भएको अध्ययनको प्रतिवेदन प्रस्तुत गरे । कर्जा परिचालन समितिको संयोजक चन्द्र लुम्फुङ्वाले मधेश क्षेत्रमा प्रवाह भएको कर्जाबारे वार्षिक प्रतिवेदन प्रस्तुत गरे । २०७३ सालमा एक लाख मधेश क्षेत्रमा संस्थाले सहयोग लगानी शुरु गरेको थियो । गतवर्ष एक लाख थपेर दुई लाख कर्जा प्रवाहको लागि लगानी गरेको छ ।

संस्थाका सल्लाहकार सदस्य नरप्रसाद लुम्फुङ्वाले वंशावली एवम् अक्षयकोषको प्रतिवेदन प्रस्तुत गरे । लुम्फुङ्वा वंशमा शिक्षा, सरकारी रोजगारीमा ध्यान दिनुपर्ने बताए । वि.संं २०८० को माध्यमिक शिक्षा परिक्षा (एसईई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण दुई जना नगदसहित पुरस्कार प्रदान गरेको छ ।

पुरस्कृत हुनेमा इलाम चुलाचुलीका सिखा लुम्फुङ्वा र  सुनसरीका विश्वराज लुम्फुङ्वा रहेका छन् । साधारणसभामा राज्य प्रसाद लुम्फुङ्वा, लुम्फुङ्वा कल्याणकारी संस्था सेरजंगको अध्यक्ष राजबहादुर लुम्फुङ्वा र मधेश क्षेत्रबाट हाङ नारायण लुम्फुङ्वाले संस्थालाई विभिन्न सुझाव दिएको संस्थाको उपाध्यक्ष कमल लुम्फुङ्वाले जानकारी दिए ।

LUMFUNGWA

LUMFFF