विराटनगर । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको अध्यक्षमा भरत बहादुर खड्का निर्वाचित भएका छन् । शनिबार सार्वजनिक भएको मत परिमाण अनुसार ६१४ मत ल्याएर अध्यक्षमा खड्का निर्वाचित भएकी हुन् । उनका प्रस्पिर्धी बिवेक गौतमले ३१७ मत प्राप्त गरे भने सन्तवीर लामाले १२७ मत ल्याए ।

त्ता गठबन्धन नेपाली काँग्रेस निकट प्रेस यूनियन र एमाले निकट प्रेस चौतारी मिलेर चुनाव उत्रिएका खड्का समूह प्यानलै निर्वाचित भएको छ ।  उपाध्यक्षमा कुमोद अधिकारी, महिला उपाध्यक्षमा अम्बिका भण्डारी, महासचिबमा हिमाकुमारी चाम्लिङ, सचिवमा अरविन्द कुमार मेहता, कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमार ओली, रामधन राई, किशोर विश्वकर्मा, अर्जुन विश्वकर्मा, लाख्पाजी शेर्पा, अविनाकुमार निधी, आशीकषकुमार यादव, लुकामान अन्सारी निर्वाचित भएका छन् ।