उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघले आगामी फागुनमा महोत्सव गर्ने भएको छ ।  संघको सोमबार बसेको पूर्ण बैठकले उर्लाबारी कृषी तथा औधोगिक महोत्सव २०८१ सम्पन्न गर्न आयोजक समिति समेत गठन गरेको छ ।

संघका पूर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रबहादुर भट्टराई (भरत) को संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन भएको संघले जनाएको छ । समितिको उपसंयोजकमा निवर्तमान अध्यक्ष शेरबहादुर भण्डारी, सचिवमा संम्झना खतिवडा आचार्य, सहसचिवमा हेमराज गुरुङ, कोषाध्यक्षमा बिकास बुढाथोकी तथा सदस्यहरुमा ज्ञानकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, बिक्रम चापा“गाई र चन्द्रकला खड्का रहेका छन् ।

संघका अध्यक्ष तारामान लिम्बुले उद्योग व्यवसायको प्रर्वद्धन सँगै आर्थीक क्षेत्रलाई चलयमान बनाउने उदेश्यले गर्ने आगामी फागुन महिनामा महोत्सव आयोजना गर्ने तयारी भईरहेको बताउँदै महोत्सव गर्ने बिषयमा नगरपालिका, संघका पूर्वअध्यक्ष, राजनितीक दलहरु सँग छलफल गरेको बताउँदै आवश्यकता अनुसार पुन: छलफल गरी आयोजक समितिमा मनोनय गर्ने, सल्लाहकार तथा विभिन्न विभागीय समितिहरु गठन गर्ने बताएका छन ।

यस अघि २०७९ माघ २१ गते देखि २९ गते सम्म सघले ९ दिने महोत्सव संम्पन्न गरेको थियो ।