विराटनगर । विराटनगरमा जारी मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मोरङका तीन वटा स्कुल क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको खेलमा पथरीको रेडस्टार, विराटनगरको अर्किड र सगरमाथा स्कुल विजयी भएर क्वाटरफाइनलमा पुगेको हो ।

प्रतियोगिताको पहिलो खेल रेडस्टारले कान्तिपुर स्कुललाई १–० गोलले पराजित गर्यो । जितको लागि रेडस्टारका चोसेन गुरुङलले निर्णाय गोल गरे । खेलको म्यान अफ द म्याच रेडस्टारका जोसन कार्की घोषित भए ।

दोस्रो खेलमा अर्किड स्कुलले सुन्दरहरैचाको ब्राइट फियूचर स्कुललाई ३–० गोलले हरायो । जितको लागि अकिर्डको तर्फबाट दर्शन मागरले दुई गोल र  रोमन सोनामले एक गोल गरे । दुई गोल गर्ने दर्शन मगर खेलको म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा सगरमाथा स्कुलले आर्दश स्कुललाई टाइब्रेकरमा ४–३ गोलले निराश बनायो । निर्धारित समयसम्म १ –१ गोलको बराबारी भएपछि जितको छिनोफोनो टाइब्रेकरबाट भएको हो । तेस्रो खेलको म्यान अफ द म्याच सगरमाथा स्कुलका गोलकिपर आशिष दाहाल घोषित भए ।

बुधबारको पहिलो खेल सगरमाथा स्कुल र मेरील्याण्ड बीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा रेडस्टार पथरी र सुनभागा उर्लाबारी बिच हुने आयोजकले जनाएको छ ।

मिल्स फार्क क्लब रानी विराटनगरको आयोजनामा पुस ६ गतेसम्म संचालन हुने प्रतियोगितामा मोरङ जिल्लाभरीको १२ वटा विद्यालयको सहभागिता रहेको फार्क क्लबका अध्यक्ष धनकुमार लामाले बताए ।