धरान । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले शनिबार राति ११ः३० बजे २९ वर्षीया दुर्गा धिमाललाई पक्राउ गरेको हो । धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद तीन लाख छ हजार आठ सय ७० र भा.रु. दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

लागूऔषध कारोबारी भएको सूचनाको आधारमा प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलाबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लाष्टिक, चक्कु, कैंची, अचानो र हथौडा बरामद भएको प्रहरीले जनाएको छ ।