धरान । गोल्डकपको इतिहासमा फरक पहिचान बनेको बूढाासुब्बा गोल्डकप रजत वर्षमा प्रवेश गरेको छ ।
रजत वर्षमा प्रवेशसँगै यो वर्षको बूढासुब्बाको तालिका सार्वजनिक भएको छ । आउँदो माघ १९ गतेबाट बूढासुब्बाको २५औँ संस्करण सुरु हुँदै छ ।
आयोजक धरान फुुटबल क्लबले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार माघ १९ बाट २६ गतेसम्म हुने प्रतियोगितामा ८ टिम सहभागी हुँदै छन् ।
प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाइज क्लबसहित एनआरटी, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र क्लब, भुुटान फुुटबल एकाडेमी, इटहरी जागृति, युकेएफसी भाारत, काँकडभिट्टा फुुटबल ट्रेनिङ सेन्टर झापा, र आयोजक रहने अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
विजेता, उपविजेताले साबिक वर्षझैँ नगद १० लाख र ५ लाख रुपैयाँसहित ट्रफी पाउने छ ।