पाँचथर । पाँचथरको फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौं फाइनलमा प्रवेश गरेको छ । शनिबार फिदिम मा.वि.को खेलमैदानमा भएको अन्तिम सेमीफाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई १–० गोल अन्तरको कठिन जित निकाल्दै मच्छिन्द्रले फाइनल यात्रा तय गरेको हो ।
मच्छिन्द्रको तर्फबाट सुरुवाती समयको १० औं मिनेटमा दयानन्द इलाङ्वमले गरे । खेल अवधिभर न्यू रोड टिम (एनआरटी) ले गोल गर्न नसकेपछि मच्छिन्द्रका दयानन्द इलाङ्वमले गरेको गोल नै निर्णायक बन्यो । एनआरटीले अन्तिम समयसम्म खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा मच्छिन्द्रलाई १–० को नतिजा सुम्पिनुपर्यो ।
खेलको म्यान अफ द म्याच मच्छिन्द्र फुटबल क्लबका देवेन्द्र तामाङ बने । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । फाल्गुनन्द गोल्डकपको ११ औं संस्करणको उपाधिका लागि मच्छिन्द्रले भोलि (सोमबार) हुने फाइनल खेलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको विजेताले नगद दश लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले नगद पाँच लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए ।