धरान । धरान नगरस्तरीय तेस्रो अन्तरमाध्यमिक छात्र÷छात्रा भलिबल प्रतियगिता २०८१ मा छात्र र छात्रा दुवैतर्फ पब्लिक हाइ स्कुल धरान प्रथम भएको छ ।
छात्रतर्फ प्रथम हुने टिमलाई ट्रफी, मेडल, प्रमाण–पत्र र १० हजार नगदसहित पुरस्कृत गरिएको छ । त्यस्तै छात्रातर्फ ट्रफी, मेडल, प्रमाण–पत्र र ८ हजार नगदले पुरस्कृत गरिएको छ । छात्र र छात्रा दुवैतर्फ उत्कृष्ट खेलाडीको उपाधि पनि पब्लिक हाइ स्कुलकै पेम्बा शेर्पा र सरु राईले हात पारे ।
यही पुस १४ देखि १७ सम्ममा ज्ञानोदय मा.वि. धरान–११ मा भएको प्रतियोगितामा छात्रतर्फ दोस्रो आदर्श उच्च मा.वि. धरान–१२, तेस्रो ज्ञानोदय मा.वि. धरान–११ भए । छात्रातर्फ भने दोस्रो ज्ञानोदय मा.वि. धरान–११ र आदर्श उच्च मा.वि. धरान–१ भएको थियो ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष मदनकुमार तामाङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई प्रमुख अतिथि धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोले ट्रफी, मेडल, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
खेलकुदलगायत अतिरिक्त क्रियाकलापले विद्यार्थीको अनुशासन, लगनशीलता र पठन–पाठनलाई पनि सहयोग पुर्याउने धारणा पब्लिक हाइ स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले राखे । प्रथम हुने टिम तथा प्रशिक्षकहरूलाई पब्लिक हाइ स्कुलका प्रधानाध्यपक डा. इन्द्रमोहन झाले सम्मान गरेका छन् ।