धरान । धरान बजार विस्तार भएको १२४ औँ वर्षमा पुगेको अवसर पारेर शनिबारदेखि धरान १६ मा पाँच दिने धरान उत्सव सुरु भएको छ । 

पुस २० गतेलाई धरान स्थापना दिवशको रुपमा मनाउने गरिएको छ । यसपटक पाँच दिनसम्म विविध कार्यक्रम गरी उत्सव मनाउन लागिएको हो । उत्सवको उद्घाटन ज्येष्ठ नागरिक ८४ वर्षीय काजीमान गुरुङले गरे । 

कार्यक्रमको उद्घाटन पूर्व धरान १२ चतरालाइनबाट सांस्कृतिक झाँकी तथा विद्यार्थीहरुको मार्चपाससहित कार्यक्रम स्थलमा पुगेको थियो । ‘घुम्न जाऔँ धरान’ नारा दिई कार्यक्रम सुरु गरिएको छ । 

कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । उत्सव स्थलमा व्यापारिक स्टलहरु पनि राखिएका छन् तर पहिलो दिन धेरै स्टलहरु खाली खाली रहेका थिए । यस्तै विभिन्न कार्यक्रम पनि राखिएको जनाइएको छ । 

धरानका नगर प्रमुख हर्कराज राईले पत्रकारमाथि दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति ब्लाष्टले सांकेतिक विरोध स्वरुप लिपिको पृष्ठभूमिमा कालो रंगले पोतेको हो । सं.