धरान । ब्लड फर निडको सुनसरी शाखा कमिटी गठन गरिएको छ । शनिबार सम्पन्न संस्थाको तेस्रो बैठकले अरमान अलीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सुविक्षा राई, सचिवमा प्रतीक ओझा, कोषाध्यक्ष पूजा अग्रवाल छन् । यस्तै सदस्यहरूमा ठाकुरबहादुर कार्की, भरतराज शर्मा गोपाल, प्रथम अग्रवाल, रक्षा घिमिरे र अनोज शर्मा छन् । संस्थाका केन्द्रीय कमिटी अध्यक्ष सरोज दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष प्रकाश गिरीको पनि उपस्थिति रहेको थियो ।
बिरामीहरूलाई तत्काल रगत आवश्यकता परेका बेलामा जोहो गर्ने उद्देश्यले ब्लड फर निड संस्था गठन गरिएको हो । संस्थाले औपचारिकता प्राप्त नगरे पनि विगतदेखि नै बिरामीहरूलाई आवश्यक परेका बेला ताजा तथा अन्य खालका रगत उपलब्ध गराउँदै आएको कोषाध्यक्ष पूजा अग्रवालले जानकारी दिइन् ।