धरान । इलाका प्रहरी कार्यालय धरानले भरुवा बन्दुकसहित धरान उपमहानगरपालिका–१९ बाट पाँचजनालाई पक्राउ गरेको छ ।
शनिबार साढे दश बजे राति हरियाली हुँदै रास तालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारबाट पक्राउ पर्नेमा कार चालक इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिस चौधरी, रामधुनी नगरपालिका–७ का ३३ वर्षीय सञ्जु राई र ३१ वर्षीय विनय राजधामी, २८ वर्षीय दिवस माझी र मोरङ सुन्दरहरैँचा नगरपालिका–२ का ४१ वर्षीय मेहरमान भुजेल रहेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले बताए ।
चेकजाँच गर्दा कारको
पछाडिको सिटको मुनि भरुवा बन्दुक थान १, टोटा बन्दुकको गोली थान २, बारुद
भरिएको सानो बट्टा थान २, प्लाष्टिकमा पोका बनाएको सानो पोका बारुद १ पोका,
सानो सेतो बट्टामा रहेको बारुदको बट्टा १ थान, भरुवा बन्दुकमा लाग्ने
फलामको गोली ३ थान र खुकुरी १ थानसहित उनीहरूलाई नियन्त्रणमा लिई इलाका
प्रहरी कार्यालय धरानमा राखिएको प्रवक्ता तिमल्सिनाले बताए ।