वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ स्थित गैरीटोलमा सडकको ट्रयाक खोलिएको छ । नगरपालिका–१ र २ लाई जोड्ने प्रमुख वैकल्पिक रूपमा रहेको बाटोका लागि २० फिट चौडाइको करिब ७ सय मिटर लामो ट्रयाक खोलिएको वडाध्यक्ष किसन थापा मगरले बताए ।

दुवै वडालाई जोड्ने प्रमुख वैकल्पिक बाटोको गैरीटोलस्थित खोल्सीमा आर्थिक वर्ष  २०७९/०८० को वडा योजनाअन्तर्गत ५ लाख रुपैयाँ मा ५ मिटर लम्बाइको कल्भर्ट निर्माण गरिएको छ ।

इलाका प्रहरी कार्यालयबाट गैरीखोलासम्म करिब ७ सय मिटर लम्बाइको ड्रेनसमेत बनाइने अध्यक्ष  थापाले बताए । यता गाउँको बाटो भएर दुवै वडाबासीलाई रातमा समेत पैदल र यातायातका साधन गुड्न सक्ने भएको हुँदा गैरीखोलामा पक्की पुल बनाइनुपर्ने स्थानीयको माग छ ।