धरान । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित बाल सदन एकेडेमीमा स्टुडेन्ट्स डेको अवसरमा नृत्य, गायन तथा कथा वाचन प्रतियोगिता सम्पन्न गरिएको छ । 

बिहीबार सम्पन्न प्रतियोगितामा आयोजित नृत्यतर्फको सिनियर तथा जुनियरतर्फ सुहाना पोखरेल र यसश्वी लम्साल विजेता बनेका छन् । जुनियरतर्फ सुहानाका अलावा आरोही श्रेष्ठ दोस्रो र एलिना खतिवडा तेस्रो भएकी छन् । यस्तै सिनियरतर्फ यसश्वीका अलवा एलिशा अधिकारी दोस्रो र पुङ्मा राई तेस्रो बनेकी छन् । यस्तै सिङ्गिङ आइडल तेस्रो सिजनमा प्रभा खतिवडा प्रथम बन्दा अमर पोद्दार दोस्रो र सुहाना पोखरेल तेस्रो बनेकी छन् । यस्तै कथा वाचनमा प्रेजिना बस्नेत विजेता बन्दा एली राई दोस्रो र सुज्ञानी कट्टेल तेस्रो बनेकी छन् । यसैबीच २०८० सालको शैक्षिक सत्रमा कक्षा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । 

कक्षा ९ की छात्रा शिक्षा श्रेष्ठले वर्षको उत्कृष्ट विद्यार्थीको उपाधि जितेकी छन् । नृत्य, गायन तथा कथा वाचनसहित स्कुलका प्रथम, दोस्रो र तेस्रो भएकाललाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका शिक्षा प्रमुख तेज आचार्य, प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्री, प्याब्सन सुन्दरहरैँचाका सदस्य जीवन बस्नेत, प्रभातकिरण स्कुलका प्रिन्सिपल राम आचार्य, विद्यालयका प्रबन्ध निर्देशक सूर्य दङ्गाललगायतले पुरस्कार वितरण गरे । 

photo