भद्रपुर । पुराणको प्रसाद खाएर झापाको कचनकवल–६ बनियानीमा १९ जना बिरामी भएका छन् ।
पशुपति दाहालको वार्षिकीमा विष्णु दाहालको घरमा तीन दिनदेखि लगाइएको पुराणको प्रसाद खाँदा ३ जना बालबालिकासहित १९ जना बिरामी भएका हुन् । बिरामी हुनेहरूमा अर्जुनधाराका तारा घिमिरे, श्रेया दाहाल, सुस्मिता दाहाल, नेत्रकुमारी भट्टराई र शकुन्तला दाहाल रहेका छन् ।
त्यसैगरी दमकका कमला काफ्ले, तुलसा दाहाल र श्रेयन दाहाल रहेका छन् । घाइते अन्यमा सरलादेवी दाहाल, सीता दाहाल, विष्णुप्रसाद दाहाल, कल्पना भट्टराई, दिवस भट्टराई, सोमकुमारी दाहाल, टङ्कप्रसाद ढुङ्गेल, हिमादेवी सुवेदी र विष्णु ढुङ्गेल रहेको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीले जनाएको छ ।
शनिबार साँझ प्रसाद खाएकोमा आइतबार बिहानदेखि उनीहरूलाई ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख जागेश्वर यादवले जानकारी दिए । रिफर गर्नुपर्ने अवस्था नदेखिएको र बिरामीहरूको अवस्था सामान्य हुँदै गइरहेको उनले जनाए ।
बिहान साढे ११ बजे सुरुमा एकजना वृद्धा बिरामी भएर आएकोमा त्यसपछि अरू पनि आएको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका चिकित्सक डा. दीपेन राजवंशीले बताए । बिरामीहरूमा इन्टापमिवा हिस्टोलाइटिका नामक कीटाणुसमेत देखापरेको डा. राजवंशीले बताए ।
अधिकांश
बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको भए पनि प्राथमिक
स्वास्थ्य केन्द्र भएकोले शøया तथा जनशक्ति अभावका कारण उपचारमा केही असहज
भएको उनले जनाए । स्वास्थ्य केन्द्र बिरामीले भरिसकेको उनले जानकारी दिए ।
भर्ना भएकामध्ये २ जनालाई रिफर गरिए पनि पुनः स्वास्थ्य चौकीमा नै उपचार
गराइरहेको उनले जनाए ।