धरान । सुनसरीको धरान उपमहानगरपालिका–१ स्थित धरान मन्टेश्वरीले धरानको सैनिक भवनमा २० औँ वार्षिकोत्सव शुक्रबार र शनिबार दुई दिन मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाएको मन्टेश्वरीका निर्देशक एवम् प्रिन्सिपल दीपक अग्रवालले जानकारी दिए । कार्यक्रममा नृत्य, नाटक, ¥यामवर्क, कविता वाचनलगायत सांस्कृतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । निर्देशक अग्रवालका अनुसार शुक्रबार वार्षिकोत्सवसँगै प्रि–प्राइमरीमा अध्ययनरत विद्यार्थीहरूलाई दीक्षित गरिएको छ ।
१८ औँ दीक्षान्त समारोहको अवसरमा प्रि–प्राइमरीका ३७ जना विद्यार्थीलाई ‘गाउन’ सहितले दीक्षित गरिएको मन्टेश्वरीका शिक्षा निर्देशक मैया राई अग्रवालले जानकारी दिइन् । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश योजना आयोगका सदस्य किशोरकुमार थुलुङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक अशोक डङ्गोल, स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसका सभापति प्रशान राईलगायतले दीक्षित विद्यार्थीहरूलाई प्रमाण–पत्र वितरण गरे ।
यस्तै शनिबारको कार्यक्रममा प्राइमरीतर्फ १३ जना विद्यार्थीहरूलाई दीक्षित गरिएको छ । पाँचौं दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरूलाई गाउनसहित प्रमाण–पत्र पनि वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भारतीय पेन्सन पेइङ क्याम्पका प्रमुख मेजर भरत कानोजिया, संविधानसभा सदस्य किरणकुमार राई, बीपी प्रतिष्ठानकी चिकित्सकत्रय मोना दाहाल, राजेश ज्ञवाली, नारायण बराललगायतले दीक्षितहरूलाई प्रमाण–पत्र वितरण गरेका थिए ।

कार्यक्रममा तेक्वान्दो प्रदर्शन गरिएको थियो भने ब्ल्याकबेल्ट प्राप्तकर्ता खेलाडीहरूलाई प्रमाण–पत्र वितरण गरिएको कार्यक्रमका अध्यक्ष निर्देशक एवम् प्रिन्सिपल अग्रवालले जानकारी दिए । कार्यक्रममा अभिभावकहरूको पनि उपस्थिति रहेको थियो ।