विजयपुर । रोट्र्याक्ट क्लब अफ धरान घोपाद्वारा आयोजित भ्वाइस अफ बीपी र रोट्र्याक्ट डान्सिङको अडिसन सम्पन्न भएको छ ।

शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हलमा सम्पन्न अडिसनमा भ्वाइसतर्फ १३ जना तथा डान्सिङतर्फ ७ जनाले सहभागिता जनाएका थिए । क्लबकी जनसम्पर्क अधिकृत सरु राय क्षेत्रीका अनुसार भ्वाइसतर्फ दिवश थापा, गरिमा काफ्ले, कृति श्रेष्ठ, आर्या रसाइली र प्रणित मगर उत्कृष्ट पाँच फाइनलिस्ट छनोट भए । डान्सिङतर्फ प्रिजल थापा, आस्था राजवंशी, मनीष महतो सुदी, अस्मिता सिञ्जाली र कोमल शाह रौनियार फाइनल चरणमा प्रवेश गरे । कार्यक्रमले युवा प्रतिभाहरूलाई आफ्नो कला प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको जनाइएको छ ।