श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार २२ गते सोमबार, ६ जुलाई २०२६, रौद्रनाम संवत्सर। आषाढ कृष्णपक्षको षष्ठी तिथि ०२ः०६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वभाद्र ०४ः२३ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रशमा राशि कुम्भ, सूर्योदय ०५ः१३ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ। अरूले फाइदा उठाउने चेष्टा गर्लान्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयस्रोत कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भोगविलासमा खर्च बढ्ने सम्भावना छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तत्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गोपनीयता बाहिरिनाले पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।