विजयपुर । जिल्ला प्रहरी कार्यालय सुनसरीले अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरिएको छ । आइतबार प्रहरी टोलीले अन्दाजी १ लाख २ हजार बराबरको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको हो । बरामद गरिएको सुर्तीजन्य पदार्थ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।