विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–८ भोजपुरे टोलबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा बुधबार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ वर्षीय मोहम्मद अफ्रोज हुसेनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार हुसेनमाथि खानतलासी गर्दा उनको साथबाट १५ दशमलव ९७ ग्राम ब्राउन सुगर र नगद १८ हजार १ सय ८० रुपैयाँ बरामद भएको छ । पक्राउ परेका हुसेनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।