विजयपुर । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शनिबार चेकजाँचका क्रममा को।१ च ८२७९ नम्बरको टाटा पिकअप भ्यानबाट १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।
गाँजासहित पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादव रहेका छन् ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका यादवमाथि बरामद गाँजा र सवारीसाधनसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ ।