विजयपुर । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाबाट दुई जना र उदयपुरबाट एक जना गरी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीहरूलाई अदालतले तोकेको १८ वर्ष कैद सजाय तथा १ लाख २ हजार २ सय रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि सम्बन्धित कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।