काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमकिा अतुलनीय, ऐतहिासकि र अनुकरणीय रहेको नष्किर्ष नकिालेको छ।

प्रतकिूल र तीव्र गतमिा बदलनिे मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमति हेलप्यिाड, अवरुद्ध सञ्चार, नदीको अनश्चिति बहाव, नरिन्तरको पहरिो तथा सुरुङभत्रि थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधकि उच्च जोखमिका बीच सम्पूर्ण उद्धार अभयिान सम्पन्न गरिएको सेनाले स्पष्ट पारेको छ।

भोटेकोशी बाढीले राष्ट्रयि सङ्कट व्यवस्थापनमा वपिद् प्रतकिार्यलाई सामान्य प्रशासनकि कामका रूपमा नभई उच्च जोखमि, अनश्चितिता र अन्तरनकिाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लनिुपर्ने स्पष्ट सन्देश दिएको सैनकि प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

उनले भने, “सङ्कटको जुनसुकै कठनि घडीमा पनि अग्रपङ्क्तमिा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भवष्यिका वपिद् प्रतकिार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ।”

रसुवा बाढीपछकिो एक महनिाको अवधमिा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावति क्षेत्रको जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनर्स्थापनाका प्रयासबारे सेनाले राष्ट्रयि समाचार समतिि (रासस)लाई उपलब्ध गराएको दस्तावेजमा वपिद् प्रतकिार्यको सबैभन्दा जटलि र साहसकि अध्याय जलवद्यिुत् आयोजनाका पुरिएका सुरुङभत्रि गरिएको उद्धार भएको ठम्याइँ छ।

भोटेकोशी बाढीः खोज, उद्धार तथा वपिद् व्यवस्थापनमा नेपाली सेना

गत भदौ १० गते भोटेकोशीमा गएको वनिाशकारी बाढीले नदी आसपासका तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्‍यायो। यस अप्रत्याशति जलप्रकोपका कारण स्थानीय मानव बस्ती, सडक पूर्वाधार, पुलहरू तथा जलवद्यिुत् आयोजना क्षणभरमै लेदोमा बलिनि हुन पुगे।

यस्तो वकिराल र वषिम राष्ट्रयि सङ्कटको घडीमा नेपाली सेनाले आफ्नो उत्कृष्ट मानवीय दायत्वि नर्विाह गर्दै आपत्कालीन खोज, उद्धार तथा वपिद् व्यवस्थापनमा नेतृत्वदायी भूमकिा नर्विाह गर्‍यो। वपिद्को खबर प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादङि, गोरखा, तनहुँ, चतिवन र पूर्वी नवलपरासीलगायत इलाकामा तैनाथ सैनकि युनटि तत्काल उद्धार कार्यका लागि खटिए।

वषिम परस्थितिमिा उद्धार अभयिानलाई चुस्त बनाउन नौ हजार ३०० भन्दा बढी सैनकि जनशक्ति परचिालन गरनिुका साथै कम्पोजटि क्वकि रयिाक्सन टमि (क्यूआरटी) र आपत्कालीन मेडकिल टमिसहति तुरुन्त चारवटा हेलकिप्टर खोज तथा उद्धारका लागि खटाइएका थिए। भौगोलकि वकिटता र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको चुनौतीपूर्ण स्थतिमिा सेनाले हवाई उद्धार, जमनिी उद्धार, टनेल उद्धार, स्वास्थ्य सेवा तथा सडक सञ्जाल पुनर्स्थापनामा द्रुत गतमिा कार्य अगाडि बढाएको थयिो।

भौगोलकि जटलिता र सडक सञ्जाल पूर्ण रूपमा वच्छिेद भएको परस्थितिमिा नेपाली सेनाले हवाई मार्गलाई प्राथमकि माध्यम बनायो। एमआई–१७ लगायत सातवटा सैनकि हेलकिप्टर र नजकिैका क्षेत्रका हवाई साधनलाई रणनीतकि रूपमा परचिालन गरिएको थयिो। त्रशिूली र धुन्चेमा बेस स्थापना गरी एयर ट्राफकि कन्ट्रोल (एटीसी) सञ्चालनसहति दैनकि १५ देखि २२ वटा हेलकिप्टरमार्फत एक हजार ६०० भन्दा बढी उडान भएका थिए।

यस हवाई अभयिानबाट कुल चार हजार २४२ जना (तीन हजार ९५९ नेपाली र १२ देशका २८३ वदिेशी नागरकि)को सकुशल उद्धार भएको छ। यसका साथै टमिुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसीजस्ता स्थानमा हजारौँ कलिो खाद्यान्न, औषधि, रासन र अक्सजिन सलिन्डिर एयरलफ्टि तथा ड्रोनबाट पठाउनुका साथै टनेल क्षेत्रमा खोज तथा उद्धारका लागि अति आवश्यक उपकरण लैजान स्लङि अपरेसनसमेत सञ्चालन गरिएको थयिो।

रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावति क्षेत्रमा जमनिी खोज तथा उद्धारकार्यलाई उत्तकिै तीव्रताका साथ अगाडि बढाइ नेपाली सेनाले नदी कनिार, जङ्गल, डाँडाकाँडा र सडक वच्छिेद तथा बाढीबाट बढी प्रभावति तुप्चे, दानसङि, कालकिास्थान, स्याफ्रुबेँसीलगायत बस्तीमा नरिन्तर पैदल गस्ती सञ्चालन गरी शव सङ्कलन र स्थानीय नकिायसँग समन्वय र सहकार्य गरी परस्थितिकिो बारेमा जानकारी सङ्कलन गरेको थयिो।

अप्ठ्यारो भूभागमा सम्भावति स्थानको पहचिान गर्न थर्मल ड्रोन तथा आधुनकि उपकरणको प्रयोग गरी रेकीसमेत गरिएको थयिो। जमनिी उत्खनन र खोजीका क्रममा फेलापरेका एक हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरेको छ। स्थानीय प्रशासन, स्थानीय नकिाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा यी कार्य भएका थिए।

यस वपिद् प्रतकिार्यको सबैभन्दा जटलि र साहसकि अध्याय जलवद्यिुत् आयोजनाका पुरिएका सुरुङहरूभत्रि गरिएको उद्धारकार्य हो। जलवद्यिुत् आयोजनाको सुरुङ इलाकाबाट दुई हजार ७९८ र बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट नरिन्तर रूपमा गरिएको अथक प्रयासपछि सात जनाको जीवतिै उद्धार गर्न सफल भएको छ। त्रशिूली–३ ‘ए’ मा ड्रलिङि मेसनि, एक्स्काभेटर, रक ब्रेकर र नयिन्त्रति वस्फिोटमार्फत क्राउन हेड खोली, अक्सजिन पम्प गरेर भदौ १९ गते सुरुङभत्रि फसेका दुई जनाको जीवतिै उद्धार गरिएको छ। माथल्लिो त्रशिूली–१ बाट अडटि सुरुङको २२५ मटिर गहरिाइबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी चनियिाँ नागरकिको सफल उद्धार गरनिुका साथै जम्मा ३७ वटा शवसमेत सङ्कलन भएका थिए।

खोज तथा उद्धार टोलीद्वारा करबि एक हजार ५० मटिर वैकल्पकि बाटो खोली चलिमिे सुरुङको ब्रेकथ्रुपपश्चात् पाँचवटा शव तथा मानव अङ्ग सङ्कलन गर्नुका साथै रसुवागढी र त्रशिूली–३ ‘बी’ आयोजनामा उत्खनन गरी खोज तथा उद्धारकार्य भएको छ। छमिेकीलगायत अन्य मत्रि राष्ट्रहरूको जनशक्ति तथा प्रवधिसिहति नेपाली सेनासँग संयुक्त रूपमा टनेलहरूमा खोज तथा उद्धारकार्यमा संलग्न भएका थिए।

त्यसैगरी, भोटेकोशी बाढी प्रभावति क्षेत्रमा खोज तथा उद्धारकार्यका अतरिक्ति बाढी प्रभावति नागरकिको स्वास्थ्य उपचारलाई प्राथमकितामा राख्दै सेनाले त्रशिूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडकिल गस्ती सञ्चालन गर्‍यो, जसबाट तुरुन्त बाढीबाट घाइते र अन्य गरी चार हजार तीन जनाले प्रत्यक्ष चकित्सिा सेवा प्राप्त गरे। सुरुङ तथा भौगोलकि रूपमा वकिट इलाकामा गम्भीर घाइते अवस्थामा फेलापरेका नागरकिलाई हेलकिप्टरमार्फत छाउनीस्थति वीरेन्द्र अस्पताल पुर्‍याएर आपत्कालीन उपचार प्रदान गरयिो। वस्थिापतिहरूका लागि अस्थायी आवास र होल्डङि सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै महामारी फैलन नदनि स्थानीय नकिायसँगको समन्वयमा निःसंक्रमण अपरेसन सञ्चालन गरिएको थयिो।

खोज तथा उद्धारकार्य, स्वास्थ्य सेवा प्रदानका साथसाथै प्रभावति जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनर्स्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। नुवाकोटको देवीघाटस्थति तादी नदीमा करबि ६० मटिर लम्बाइ र ६० टन भार क्षमताको एक्रो ब्रजि पाँच दनिको नरिन्तर प्रयासमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइयो। स्याफ्रुबेँसी–चलिमिे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के नर्मिाण गरिए। बेत्रावतीमा बेलीब्रजि नर्मिाणकार्य अगाडि बढाउने क्रममा वस्फिोटक पदार्थ प्रयोग गरी पुल नर्मिाण गर्ने स्थानसम्म जाने बाटो नर्मिाण भइरहेको छ।

समग्रमा, रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा नेपाली सेनाको भूमकिा अतुलनीय, ऐतहिासकि र अनुकरणीय रह्यो। सम्पूर्ण उद्धार अभयिान प्रतकिूल र तीव्र गतमिा बदलनिे मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमति हेलप्यिाड, अवरुद्ध सञ्चार, नदीको अनश्चिति बहाव, नरिन्तरको पहरिो तथा सुरुङभत्रि थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधकि उच्च जोखमिका बीच कार्यसम्पादन गरिएको थयिो। आफ्नै परविार तथा सैनकिसमेत वपिद्बाट प्रभावति रहेको अवस्थामा पनि नेपाली सेनाले कर्तव्यलाई सर्वोच्च प्राथमकिता दिँदै नागरकिको जीवनरक्षाका लागि नरिन्तर अग्रपङ्क्तमिा रही खोज तथा उद्धार कार्य सञ्चालन गरेको छ।

वशिेषतः हाइड्रोपावरको साँघुरो र जोखमिपूर्ण सुरुङभत्रि करबि १७० मटिर गहरिाइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमति स्थान तथा थप जोखमिको सम्भावनाबीच गरिएको जीवति उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायकि दक्षता, टोलीगत समन्वय र जोखमि वहन गर्ने सैनकि चरत्रिका कारण सम्भव भएको देखन्छि।

राष्ट्रयि सङ्कट व्यवस्थापनमा वपिद् प्रतकिार्यलाई सामान्य प्रशासनकि कामका रूपमा नभई उच्च जोखमि, अनश्चितिता र अन्तर–नकिाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लनिुपर्ने स्पष्ट सन्देश दिएको छ। सङ्कटको जुनसुकै कठनि घडीमा पनि अग्रपङ्क्तमिा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भवष्यिका वपिद् प्रतकिार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ।

साथै, वपिद् प्रतकिार्यमा नेपाल सरकारको नर्दिेशनबमोजमि नेपाली सेनालगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय नकिाय र स्थानीय समुदायबीच समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमकिा नर्विाह गरेको स्पष्ट देखिएको छ। रासस