विजयपुर । मोरङको विराटनगर महानगरपालिका–६, सरौचियाबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सरौचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर–६ का राजेश कामत, गंगाराम मण्डल र विष्णु कामत, विराटनगर–४ का सत्यनारायण राजवंशी र तोरण यादव, विराटनगर–८ का चन्दन मुखिया, विराटनगर–१४ का बलराम कोइराला तथा धनपालथान गाउँपालिका–६ का साजन राजवंशी रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले १ बुङ्ग तास र नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।