विजयपुर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
मोरङको रतुवामाई नगरपालिका–५ मा चेकजाँचका क्रममा प्रहरी चौकी डाम्राभिट्टाबाट खटिएको टोलीले मो. साकिम र २० वर्षीय मो. साहिललाई १९५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१९ का मनिष योगीलाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी–११ का सुमित गुरुङ र इटहरी–१२ का अजयकुमार चौधरीलाई ३२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

































