विजयपुर । सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट प्रहरीले ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार आइतबार हनुमान मन्दिरनजिक बुलबुल यादवको घरमा खानतलासी गर्दा गाँजा फेला परेको हो ।
प्रहरीले गाँजासहित इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई पक्राउ गरेको जनाएको छ।
उनीहरूको साथबाट एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
































