विजयपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित हुलाकी राजमार्गबाट प्रहरीले भन्सार छली ल्याइएका करिब ९८ हजार रुपैयाँ मूल्य बराबरका इलेक्ट्रोनिक्स तथा भान्साका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार व्यक्तिले भन्सार छली ल्याउँदै गरेका इलेक्ट्रोनिक्स तथा भान्साका सामान सडकमा फालेर मोटरसाइकलसहित फरार भएक थिए ।
प्रहरीले करिब ९८ हजार रुपैयाँ मूल्यका उक्त सामान बरामद गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिनगरामा ल्याएर राखेको छ।
फरार मोटरसाइकल र चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

































