विजयपुर । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय जाने बाटोबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–३ का ३४ वर्षीय दिपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट २ ग्राम १७० मिलिग्राम (२.१७ ग्राम) ब्राउन सुगर बरामद भएको छ । बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

































