विजयपुर । झापामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले दुई स्थानमा छापा मारेर २२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्यचौकी नजिकैको गोठमा जुवा खेलिरहेको अवस्थामा मंगलबार बिहान १० जनालाई पक्राउ गरिएको हो।
उनीहरूको साथबाट १५ थान कौडा, नौ थान मोबाइल र ८९ हजार ७१० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, कमल गाउँपालिका–५ स्थित गीता भट्टराईको घरमा हारजित हुने गरी तास खेलिरहेको अवस्थामा घरधनी भट्टराईसहित १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट पाँच बुङ तास र नौ थान मोबाइल बरामद भएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।






























