स्वास्थ्य

    Showing ९१-१०० of २,०७१ items.
  • बिरामीको उपचारमा सजग होऊ

    मान्छेको ज्यान बचाउने पेशा अँगालेका चिकित्सकको धर्म मानवता हो । बिरामीको उपचार गरेर सेवा गर्नु चिकित्सकका लागि अहोभाग्य हो । आर्थिक अभावमा पिल्सिएका दुःखी, गरिब, असहाय रोगीहरूलाई निःशुल्क उपचार गरेर स्वस्थ बनाउने चिकित्सक त समाजमा ‘जीवित भगवान’ नै ठहरिन्छन् । आर्थिक लाभ नै लिएर भए पनि मान्छेको ज्यान बचाउँदा त चिकित्सक पनि खुशी हुन्छन् र बाँच्ने झन् खुशी । ज्यान बचाउने यस्तो अवसर अन्य पेशा वा व्यावसाय अँगाल्नेहरूले कमै पाउँछन् । त्यसैले त चिकित्सा पेशालाई मानव सभ्यतामा उच्च सम्मान मात्र दिइएको छैन, सेवामूलक पेशाको स्थान दिइएको छ । तर यी सबै सन्दर्भहरू अचेल आदर्शमात्र दरिन थालेका छन

    • प्रकाशित मितिः पुष ८, २०७६
    • १०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अस्त–व्यस्त मेची अस्पताल

    भद्रपुर/ झापाको मेची अस्पताल अस्त–व्यस्त बनेको छ । आकस्मिक कक्षदेखि बिरामी बस्ने वार्डसम्म भुस्याहा कुकुर पस्दा पनि अस्पतालमा खटिएका सुरक्षा गार्ड र प्रशासन बेखबर छन् । अस्पतालको वार्डभित्रै कुकुर आउने गरेको बिरामीको भनाइ छ । केही दिनअघि राति १२ बजे बिरामी सुतेकै वार्डमा दुईवटा भुस्याहा कुकुर आएर बेडमा बसिरहेको बिरामीहरूले बताए । यसअघि पनि अस्पतालको आकस्मिक कक्षमा भुस्याहा कुकुर छिरेको फोटोहरू सामाजिक सञ्जालमा भाइरल हुँदासमेत अस्पताल प्रशासनले त्यसलाई नियन्त्रणमा चासो नदेखाउँदा यस्ता घटना दैनिक दोहोरिन थालेको सेवाग्राहीको आरोप छ । त्यतिमात्र नभई नियमित सरसफाइमा चासो नदेखाउँदा अस्पतालम

    • प्रकाशित मितिः पुष ७, २०७६
    • १२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अस्पतालमा बस्दैनन् चिकित्सक

    भण्टाबारी/ जिल्ला अस्पताल इनरुवा सुनसरीमा चिकित्सक नहुँदा सेवाग्राहीहरू सेवा नलिई फर्कने गरेका छन् । छात्रवृत्ति करारमा रहेका जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत नौ जना चिकित्सकहरू अस्पताल नआउँदा सेवाग्राहीहरू निजी क्लिनिक धाउन बाध्य भएका छन् । चिकित्सक नहुँदा प्राथमिक उपचार गराउन अस्पताल आउने सेवाग्राहीलाई समेत रेफर गरिदिने गरिएको छ । जसले गर्दा आर्थिक अवस्था दयनीय भएका बिरामीहरूले सबैभन्दा बढी सास्ती खेप्नुपरेको छ । जाडो बढेसँगै दैनिक १ सय ५० देखि २ सयको हाराहारीमा जिल्ला अस्पतालमा उपचार गराउन आउने बिरामीहरू चिकित्सक अस्पताल नआउँदा निजी क्लिनिकमा जान बाध्य भएका छन् भने आकस्मिक सेवा लिन

    • प्रकाशित मितिः पुष ७, २०७६
    • ६४१ पटक पढिएको
    • मिकाइल आलम
  • बीपी प्रतिष्ठानको सिनेट बैठक पुस अन्तिममा

    धरान / डेढ महिनादेखि स्थगित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट बैठक पुस अन्तिम साता हुने भएको छ । गत कात्तिक २२ गते तोकिएको सिनेट बैठकको सम्पूर्ण तयारी पूरा भए पनि अघिल्लो दिन तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बैठक स्थगित गरेका थिए । सिनेट बैठक बस्न नसक्दा प्रतिष्ठानका धेरै काम रोकिएका छन् । केही समयअघि मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नियुक्त भएका भानुभक्त ढकालले पुस २५ गते सिनेट बैठक राख्ने तयारी गरेका हुन् । स्वस्थ्यमन्त्री प्रतिष्ठानका सह–उपकुलपति रहने व्यवस्था छ । यसअघिका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफू निकटका व्यक्तिलाई रजिष्ट्रार बनाउन दबाव

    • प्रकाशित मितिः पुष ५, २०७६
    • १८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रचण्ड पत्नी सीतालाई उपचारका लागि बाबा रामदेवको आश्रममा लगियो

    धरान / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पत्नी सीता दाहाललाई पचारका लागि भाररतको हरिद्वारस्थित बाबा रामदेवको आश्रम पु¥याइएको छ । हिजो छोरी गंगा दाहालले आमालाई उपचारका लागि हरिद्वारस्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णको आश्रममा लगिउको सामाजिक संञ्जालमा जानकार िगराएकी छन् । बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरिएको तस्विरसमेत सार्वजनिक गरिएको छ । साथमा पूर्ववन मन्त्री मात्रिका यादव उनकी पत्नीसमेत रहेका छन् । ले सीतालाई भेटेको तस्वीर पनि उनले पोष्ट गरेकी छन् ।सीता छोरा प्रकाश दाहालको मृत्यु पछि विमारी थिइन । उनलाई प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी(

    • प्रकाशित मितिः पुष ५, २०७६
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • औषधीको नियमन र अनुगनमा छुट्टै ऐन : मन्त्री घिमिरे

    विराटनगर । प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले पशुपंन्छी औषधीको नियमन र अनुगमन गरिन छुटै ऐनको प्रवद्र्धन गरिने बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरु भएको नेपाल पशुपंन्छी व्यवसायी संघको १२ औं राष्ट्रिय महाधिवेशनको उदघाटन शत्रमा मन्त्री घिमिरले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले पशुपन्छी र मानवजन्य औषधीको विक्री वितरणमा प्रदेश सरकारले विज्ञ टोली राख्ने बताए । ‘प्रदेशले छुट्टै ऐन र नियमवली बनाएपछि यस क्षेत्रको बुझने विज्ञ टोली हुनेछ,’ मन्त्री घिमिरले भने । मन्त्री घिमिरले कृषि, पर्यटनको माध्यबाट प्रदेश १ लाई समृद्धि प्रदेश बनाउने बताए । उनले पराम्परागत खेती

    • प्रकाशित मितिः पुष ४, २०७६
    • १४७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कटहरीमा रक्तदान

    विराटनगर । मोरङको कटहरी गाँउपालिकास्थित राजवंशी समाज विकास समितिले रक्तदान कार्यक्रम गरेको छ ।समितिको आफ्नै भवन परिसरमा शुक्रबार आयोजित शिवीरमा ३५ जनाले रक्तदान गरेका छन । रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा समितिका पदाधिकारी सहित स्थानीय सर्वसाधारणले रक्तदान गरे । राजवंशी समाज विकास समितिको स्थापना दिवसको अवसरमा आयोजित तीनदिने कार्यक्रमको पहिलोदिन रक्तदान शिवीर आयोजना गरिएको संस्थाका अध्यक्ष भीमराज राजवंशीले जानकारी दिए । कार्यक्रम अन्र्तगत पुष ५ गते समाजको नवनिर्मित कार्यालय भवनको मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्ने तथा पुष ६ गते रंगारंग सांस्कृतिक कार्यक्रम आयोज

    • प्रकाशित मितिः पुष ४, २०७६
    • ११७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झाडापखालाले गाउँ नै ग्रसित

    उदयपुर/ दुई दिनदेखि उदयपुरको शाही खोलाका बासिन्दाहरू झाडापखालाले बिरामी परेका छन् । त्रियुगा नगरपालिका–१६ को शाहीखोलाले सात परिवारका १४ जना झाडापखालाको बिरामी परेका हुन् । एकै गाउँका दुई बालबालिकासहित १४ जना झाडापखालाले बिरामी परेपछि वडाको पहलमा बिहीबार जिल्ला अस्पताल उदयपुर लगिएको छ । बिरामी परेका स्थानीय ७१ वर्षीया मनमाया बस्नेत, ६० वर्षीय पुष्पराज कार्की, ६० वर्षीया ढुण्डीमाया पौडेल, ४२ वर्षीय गणेश बुढाथोकी, ४० वर्षीया नरमाया कार्की, ४७ वर्षीया पवित्रा बुढाथोकी, २६ वर्षीय धु्रव बुढाथोकी, २१ वर्षीया अञ्जु कार्की, भूपध्वज कार्की, टीका कार्की, ६५ वर्षीया कमला पोखरेल, ६९ वर्षीय नरेन्द

    • प्रकाशित मितिः पुष ४, २०७६
    • १५४ पटक पढिएको
    • सिंह चाम्लिङ राई
  • वीपी प्रतिष्ठानमा चिकित्सा विज्ञानमा मानविकिको खोजी हुदैं

    धरान /  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रका विद्यार्थीहरुको संस्था परिक्रमा विद्यार्थी परिवार र जुनियर रेजिडेन्ट वेल्फयर सोसाइटीले चिकित्सा क्षेत्रमा मानविकिको उत्खनन् विषयक दुइदिने अन्तक्रिया गर्ने भएका छन् । पुस ४ गतेदेखि हुने अन्तक्रियामा औषधी, संगित, नेतृत्व, व्याबसायिकता, मानवीयता, खेलकुद, कला र साहित्य, फिलान्थ्रोपीकललगायत समेटिएको छ । उपचारकालागि आइपुगेको एउटा विरामी र उसको उपचारमा चिकित्सकले देखाउने व्यबहार कस्तो हुनु पर्ने भन्ने विषय माथि हुने छलफलमा नेपाली चिकित्सा विज्ञानका नया बहस हो । बहसले चिकित्सकभित्र रहेको मानवीय भावनालाई उजागर गर्दै विरामीको उपच

    • प्रकाशित मितिः पुष ३, २०७६
    • ४७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एन्टिबायोटिकको दुरुपयोग पशुपालनमा, असर मानवीय स्वास्थ्यमा

    एन्टिबायोटिक औषधीहरूको उपयोग मानिस एवम् पशुहरूमा जीवाणु सङ्क्रमणको उपचारमा प्रयोग गर्ने गरिन्छ । यी औषधीहरूले किटाणुहरू (जीवाणुहरू) द्वारा हुने सङ्क्रमणमा जादुई रूपमा कार्य गर्दछ र जीवाणुहरूलाई नष्ट गर्दछ । तर, जीवन रक्षक हुँदाहुँदै पनि यी औषधीहरू जीवाणुहरूको एक अर्काप्रति हानिकारक भएको पाटो सामुन्ने आएको छ । एन्टिबायोटिकको अत्यधिक अनियन्त्रित तथा अनुचित प्रयोग मानिस तथा पशु दुवैलाई एउटा ठूलो खतरा बन्न पुगेको छ । एन्टिबायोटिक औषधीहरूको दुरुपयोगको कारण धेरै जसो जीवाणु यी औषधीहरूप्रति प्रतिरोध गर्न सक्षम भएका छन् । जसका कारण यिनमा यी औषधीहरूको प्रभाव समाप्त वा कम हुने गर्दछ । यस कारण कैयौं पटक

    • प्रकाशित मितिः पुष ३, २०७६
    • १५५ पटक पढिएको
    • डा.केदार कार्की (वरिष्ठ पशु चिकित्सक)

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved