सन्तवीर लामा
धनकुटा / शहिद भिमनारयण अन्तराष्ट्रिय गोल्ड कप प्रतियोगिताको १२ औं संस्करणको आईतवार सम्पन्न खेलमा गोधुली क्लव सुनसरीले ब्वाईज युनियन काठमाण्डौलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै सेमिफाईमलमा प्रवेश गरेको छ ।
आइतवार खेलमा ब्वाईज युनियका खेलाडीलाई पहिलो हाफको २६ औं मिनेटमा गोधुली क्लव धरानका गोलकिपर विनय श्रेष्ठले डिवक्सवाहिर आएर धकेले पछि ब्वाईज युनियले पेनाल्टी पाएको थियो । ब्वाईज युनियनका लावलले पेनाल्टी सदुपयोग गरे ।
पहिलो हाफमा एक गोल पनि गर्न नसकेको गोधुली क्लव धरानले दोश्रो हाफको ७ मिनेटमा ा मिलन राईले सुन्दर गोल गरे । यस्तै दोश्रो हाफको ११ औं मिनेटमा मिलन राईले नै पुनः एक गोल गरेर थप आफ्नो टिमलाई १ का विरुद्ध २ गोल गरेर अग्रता दिलाए । दोश्रो हाफको १४ औं मिनेटमा फेरी गोधुलीको निराजन खड्काले दिएको पासलाई सहि सदुपयोग गर्दै थप एक गोल गरि विजयी सुनिश्चित गरे । अघिल्लो वर्षको उपविजेता रहेको ब्वाईज युनियनका खेलाडीहरुले पटक पटक दर्विलो प्रहार गरे पनि गोलमा परिणत गर्न सकेन । प्रतियोगिताका म्यान अफ्दी म्याच गोधुलीका मिलन राई घोषित भए । मंगलवारको खेल विरार्सी भुटान र एपिएफ विच हुने आयोजकले जनाएको छ ।