प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रत्येक भाषणहरुमा नयाँ कुराहरु बोल्ने गरेका छन् । प्राय भाषणमा रेलको कुरा गर्न पनि छुटाउँदैनन् । यस अर्थमा ओलीले जे बोलिरहेका छन्, त्यही अनुसार सरकारले काम पनि थालेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा रेल्वे सम्वन्धि पूर्वाधारका लागि करिब साढे १८ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ ।
रेलको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र स्तरोेन्नतिका लागि उक्त रकम विनियोजन गर्न सरकारले बजेट छुटाउन लागेको हो । राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १८ अर्ब ४६ करोड रुपैयाँको बजेट सिलिङ समेत दिईसकेकोले नेपालमा रलमार्ग बन्ने आशा जागेको छ ।
हुन त अघिल्लो बर्ष पनि यो बजेट भन्दा अढाई अर्ब कम छुट्टाइएको थियो तर अहिलेसम्म सो विनियोजित बजेटमध्ये ५ प्रतिशत पनि खर्च नभएको तितो यर्थाथ पनि हामी सामु छ । अवका दिनमा यि निराशाजनक प्रवृतिलाई त्यागेर आगामी आर्थिक वर्ष भित्रै विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने गरी बजेट व्यवस्थापन गर्नु पर्दछ ।
यो सँगै सरकारलेकाम पनि थालिसकेको छ । ५ किलोमिटर रेलको ट्रयाक खोल्ने काम भइरहेको र ३७२ किलोमिटरको डीपिआर भइसकेको हुनाले यो कार्यलाई कुनै राजनीतिक पूर्वाग्रह नराखी काम दृर्त गर्नु आजका ेआवश्यकता हो । रेल सेवा ‘मास ट्रान्सपर्ट’ भएकाले सरकार गम्भीर भएर अघि बढ्नु पर्छ ।