ताप्लेजुङ /ताप्लेजुङका अग्रज पत्रकार गोपी कृष्ण अधिकारीको निधन भएको छ । सुगर रोगबाट पिडित ७३ वर्षीय अधिकारीको गएराति काठमाडौ स्थित ग्राण्डि अस्पतालमा उपचारका क्रममा निधन भएको उनका छोरा सुनिल अधिकारीले बताए ।
खुट्टामा भएको घाउ निको नभए पछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरीएको थियो । राष्ट्रिय समाचार समितिमा स्थापना काल देखिनै जिल्ला समाचारदाताको रुपमा कार्यरत अधिकारीले लामो समय सम्म काम गरी जिल्लामै पहिलोपटक ताप्लेजुङ साप्ताहिक पत्रिकामा समेत लामो समय काम गरेका थिए । कुनै तथ्याङ्क नभए पनि जिल्लाको हकमा संभवत अधिकारीनै पहिलो पत्रकार भएको पत्रकार आनन्द गौतमले बताए ।
अधिकारीको श्रीमती, ३ छोरा र १ छोरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन् । ताप्लेजुङ फुङ्लिङमा जन्मिएका उनि हाल परीवार सहित काठमाडौमा बस्दै आएका थिए ।