चितवन / चितवनको सेतीदेवी सामुदायिक वनमा आज एक पोथी गैंडाको मृत्यु भएको छ । करिब छ वर्षको उक्त पोथी गैंडा भालेको आक्रमणमा परी घाइते भएको थियो । गत बिहीबारदेखि घाइते अवस्थामा रहेको गैंडाको उपचारको क्रममा आज मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
प्रजननयोग्य उक्त पोथी गैंडा सहवासको क्रममा घाइते भएको हुनसक्ने कँडेलको अनुमान छ ।
उक्त गैंडालाई निकुञ्ज र वनका कर्मचारीले मुचुल्का उठाएर खाग, खुर निकालेर खाल्टोमा पुरिएको कँडेलले बताए । रासस भालेको आक्रमणबाट पोथीको मृत्यु
चितवन / चितवनको सेतीदेवी सामुदायिक वनमा आज एक पोथी गैंडाको मृत्यु भएको छ । करिब छ वर्षको उक्त पोथी गैंडा भालेको आक्रमणमा परी घाइते भएको थियो । गत बिहीबारदेखि घाइते अवस्थामा रहेको गैंडाको उपचारको क्रममा आज मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
प्रजननयोग्य उक्त पोथी गैंडा सहवासको क्रममा घाइते भएको हुनसक्ने कँडेलको अनुमान छ ।
उक्त गैंडालाई निकुञ्ज र वनका कर्मचारीले मुचुल्का उठाएर खाग, खुर निकालेर खाल्टोमा पुरिएको कँडेलले बताए । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































