इनार सफा गर्ने क्रममा तीनको मृत्यु
काठमाडौँ / कपनमा इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपन पैयुँटारका ईश्वर खड्का, उनका भाइ किशोर खड्का र विशाल बस्नेत रहेका छन् ।
इनार सफा गर्न पसेका ईश्वर नर्फ्किएपछि उनलाई बचाउन किशोर र विशाल समेत इनार भित्र छिरेका थिए । तीनै जना नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको विपद् व्यवस्थापनको टीम र महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले इनारभित्र फसेका तीनै जनालाई निकालेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































