धरान / उदयपुरको त्रियुगा नगरपालिकाकी एक गर्भवती महिलालाई विगत ६ महिनादेखि घरमै दुवै हात बाँसको टाटीमा बाँधिएर राखिएको छ । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार–सुसार र खानपिनमा विशेष पौष्टिक आहारको आवश्यकता पर्छ । तर ती गर्भवती महिला भने बाधुवा अवस्थामा छिन् ।
मानसिक रोग लागेकी त्रियुगा नपा– ५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की(खड्का) उपचार अभावमा यस्तो अवस्थामा बाच्न बाध्य भएकी हुन । गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिँडेपछि वृद्ध सासु–ससुरालाई बिरामी बुहारीको बोझ थपिएको उनका ससुरा भिम बहादुर खड्काले सुनाए । उनने भने–‘‘छोरा बेपत्ता छ बुहारकिा ेहालत यस्तो अव हामी असक्त ले के गर्ने ।’ सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी खड्काको माईतबाट पनि हेर्न नपाएको भीमबहादुरले गुनासो गरे ।
‘०७१ जेठमा पाटन अस्पतालमा उनको उपचार गरिएको थियो । चिकित्सकले नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो । तर आर्थिक अभावले नियमित औषधी खुवाउन र पुन उपचार गर्न लान नसक्दा बुहारीलाई विमारले चापेको भीमबहादुरले बताए ।
‘‘मानसिक रोगसँगै खुट्टामा घाउ भएर झन समस्या भएको छ, उपचार गर्न पैसा छैन्् समस्यामा परियो ।’–भीमबहादुरले दुखेसो गरे । गर्भवती महिला उपचार अभाव भएकै कारण बाँधिएर बस्नु दुःखद कुरा हाे । गर्भवतीको यस्तो दुरदशा हुदा समेत कसैले सहयोग नगर्नु विडम्बना हो ।