Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /सिनेमा
सिनेमा

अझै रोकिएन बाल विवाह

ब ब्लाष्ट खबर साउन २७, २०७३ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
अझै रोकिएन बाल विवाह

पाल्पा/बालबालिका आफैँ मिलेर विवाह गर्ने बढेपछि यहाँ बालविवाह अझै रोकिन सकेको छैन ।मगर समुदायको बाहुल्यता रहेको कोलडाँडा गाविसमा अशिक्षा, सामाजिक परम्परा, सामाजिक सञ्जाल(फेसबुक)को प्रभाव, कानुनी ज्ञानको अभावमा यहाँका बालबालिकाले १६ वर्षको पढ्ने उमेरमा नै विवाह गरी हिँड्ने गरेका छन् । बालबालिका एकापसमा मिलेर भागी विवाह गरेपछि यहाँ मागी विवाह गर्ने चलन निकै कम हुन थालेको हो । बालबालिकाले सानै उमेरमा विवाह गर्ने भएकाले विवाहपछि उनीहरुले विद्यालय पढ्न समेत छाडेका छन् । कोलडाँडामा १६ वर्षको उमेर नपुग्दै विवाह गरी श्रीमान्को घरमा जानेको सङ्ख्या बढी रहेको स्थानीय बताउँछन् । स्कुल जाने बालबालिकाको हातमा नानीबाबुहरु खेलिरहेका हुन्छन् ।

bal bibaha

नेपालको संविधानअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरीतको विवाहको रुपमा लिइएको छ । तर, यहाँका बालबालिकाले स्कुल पढ्ने समयमा श्रीमान् श्रीमती बनेर १८÷२० वर्षको उमेरमा आमा बाबु नै बन्छन् । कोलडाँडा–५ की स्थानीय बासिन्दा मीना गाहाले बालबालिका आफँै नै मिलेर विवाह गरी हिँड्ने गरेको बताउनुहुन्छ । बालबालिका आफँै नै मिलेर विवाह गरेपछि आफन्तलाई समस्या हुने गरेको छ । घर परिवारको अनुमति बिना नै बालबालिकाको विवाह हुन्छ, अभिभावकले विवाह गरी आएका बालबालिकालाई तिमीहरु साना छौँ, भनेर सम्बन्धबिच्छेदका लागि प्रस्ताव नगर्दा बालविवाह बर्सेनि बढेको हो । मगर समुदायमा फुपुको छोराले मामाकी छोरी हकदारी हुने चलन अझै पनि रहेको छ । फुपुको छोराले मामाकी छोरीलाई तानेर विवाह गर्ने चलनका कारण पनि बालविवाह समाजमा रोकिन सकेको छैन । गाविस सचिव युवराज पाण्डेयले सानै उमेरमा विवाह दर्ता गराउन आउने समस्या रहेको बताउनुभयो । जनचेतनाको कमीका कारण बर्सेनि बालविवाह रोकिन नसक्दा बालबालिका एकापसमा विवाह गरी भागेर केही दिनपछि घरमा आउने गर्दछन् । पाल्पा जिल्लाको कचल कोलडाँडा, सत्यवती, बल्ढेगङ्ढी, जुठापौवा, वाकामलाङ, सहलकोट, मित्याल, भिरुवाँस, गोठादीलगायतका गाविसमा अझै पनि शिक्षित परिवारमा बालविवाह हुँदै आएका छन् । रासस

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

तीन दशकदेखि मकै पोल्दैः घरखर्च जुटाउँदै शान्ति
असोज २६, २०८३
उदयपुरमा १०४० केजी गाँजा बरामद
असोज २६, २०८३
साझा आवाजदेखि अर्थपूर्ण सहभागितासम्मको चुनौती
असोज २६, २०८३
छापा संस्करण [ePaper]
  1. तीन दशकदेखि मकै पोल्दैः घरखर्च जुटाउँदै शान्ति
    असोज २६, २०८३
  2. उदयपुरमा १०४० केजी गाँजा बरामद
    असोज २६, २०८३
  3. साझा आवाजदेखि अर्थपूर्ण सहभागितासम्मको चुनौती
    असोज २६, २०८३
  4. भरुवा बन्दुकसहित एक जना पक्राउ
    असोज २६, २०८३
  5. अलैँचीको मूल्य प्रतिमन ८४ हजार
    असोज २६, २०८३
  6. अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च
    असोज २६, २०८३
  7. बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र: नेपाल रेडक्रस
    असोज २६, २०८३
  8. दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
    असोज २६, २०८३
  9. विराटनगरमा सिजीको मल्टीब्रान्ड शोरुम
    असोज २६, २०८३
  10. सर्वस्वीकार्य समाधान खोज
    असोज २६, २०८३
  11. आजको राशिफलः २०८३ साल असोज २६ गते सोमबार
    असोज २६, २०८३
  12. बूढीगण्डकीमा बाढी: पाँच जना बेपत्ता
    असोज २५, २०८३
  13. अन्तर्राष्ट्रिय बालिका दिवसः विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा
    असोज २५, २०८३
  14. गोरखामा हिमपहिरोपछि बुढीगण्डकीमा बाढी, ६५ छाप्रा क्षतिग्रस्त
    असोज २५, २०८३
  15. भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध
    असोज २५, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड