धरान/पुर्व डिपो विद्यार्थी समुह हङकङ द्धारा एचआइभी संक्रमित तथा प्रभावित वालवलिकाको शिक्षाको लागि आर्थीक सहयोग गरेको छ । शुक्रवार धरान पोजिटिभ समुह, धरानको कार्यलयमा एक कायक्रमको आयोजना गरि पुर्व डिपो विद्यार्थी संगठन धरान मार्फत ४० हजार रुपैया रकम हस्तान्तरण गरेको हो ।
[caption id="attachment_10071" align="alignnone" width="1024"]
तस्विर– बिकाश चाम्लिङ राई[/caption]
सहयोग रकम धरान पोजिटिभ समुह द्धारा संचालित ‘संक्रमित वालवालिकाको लागि हातेमालो शिक्षा अक्षयकोष’मा जम्मा हुनेगरि प्रदान गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष प्रविण राईले जानकारी दिए । कार्यक्रममा उपस्थित एचआइभि संक्रमित तथा प्रभावित वालवालिकालाई पुर्व विद्यार्थीले खाजा समेत खुवाएको थियो । पुर्व डिपो विद्यार्थी हङकङले केहि समय अगाडि सामाजिक कार्यको लागि भनेर एक लाख ४४ हजार रुपैया पठाएको पुर्व डिपो विद्यार्थी संगठनका उपाध्यक्ष तथा हाल कार्यवाहक अध्यक्ष रेखा गुरुङ्गले जानकारी दिईन ।
सोहि रकम वाट केहि समय अगाडि धरान १७ स्थित श्री निम्न माविलाई करिव ६४ हजार वरावरको दुइ थान ल्यापटप र पुस्तकालयको लागि पुस्तक वितरण गरि सकेको पनि उनले बताईन । त्यस मध्य वाट वाकि रहेको ४० हजार रुपैया संक्रमीत वालवालिकाको शिक्षाको लागि सहयोग गरेको र वाकि रकम धरान १७ स्थित सयपत्रि वालविकास केन्द्रको विजुली जडानका सहयोग गर्ने गुरुङ्गले बताईन । सहयोग रकम हङकङमा वस्नुहुने पुर्व डिपो विद्यार्थी मधुकुमार राईको पहलमा संकलन भएकोे हो ।
सहयोग रकम संस्थाका अध्यक्ष खगेन्द्र खड्कालाई प्रदान गरिएको थियो । कार्यक्रममा पुर्व डिपो विद्यार्थी हङकङका सदस्य सन्ध्या राई, डिपो विद्यार्थी संगठन धरानका सल्लाहकार नविन राई, सचिव विकास चाम्लिङ राई, सदस्य सविता राई, सदस्य विन्दु सुनुवार र सदस्य कविता लिम्वुको उपस्थिती रहेको थियो ।