तपाईंलाई कतिवटा देशको राजधानी कण्ठ छन् ? २०, २५, ५० वा बढी ? के तपाईंलाई १ सय ९६ वटा देशका राजधानीको नाम भन्न आउँछ ? जे होस्, एकजना २ वर्षकी बच्चीलाई भने एक सय ९६ देशका राजधानी कण्ठस्थ छ । baby स्कटल्यान्डको इडिनबर्गमा बस्ने दीक्षिता नामकी २ वर्षकी बच्चीको यस्तो तीक्ष्ण दिमाग छ कि उनले यति धेरै देश र तिनका राजधानीको नाम भन्न सक्छिन् । आम बच्चाले आफ्नो नामसमेत भन्न नसक्ने यो उमेरमा दीक्षिताले चाहिँ १९६ देश र राजधानीका नाम जानेकी हुन् । बुबा रमेश र आमा कविताकी छोरी दीक्षितालाई शुरुमा उनका बुबाले ३० देशका नाम सुनाए र सुनेको आधारमा आपैmँ भन्न लगाए । रमेश त्यस बेला अचम्ममा परे, जब छोरीले ३० देशका नाम दुरुस्तै भनिन् । हुँदा हुँदा उनी १९६ देश र तिनका राजधानीको नाम पनि भन्न सक्ने भएकी छन् ।