सर्पदंशबाट मृत्यु
बैतडी/सर्पले डसेर एक बालिकाको गए राति मृत्यु भएको छ ।
दुर्गम तल्लोस्वराडमा पर्ने महाकाली गाविस–९ बछालाका हिक्मत साउदकी सात वर्षीया द्रौपदीको ज्यान गएको स्थानीयवासी मोहनबहादुर चन्दले राससलाई जानकारी दिए ।
गएराति ८ बजे घरमा किताब पढिरहेका बेला विषालु सर्पले डसेको केहीबेरमै उनको मृत्यु भएको थियो । बालिका स्थानीय भगवती निमाविमा कक्षा २ मा अध्ययनरत थिइन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































