स्थानीय भुजी खोलामा आएको बाढीले अधिकारीचौरमा मात्र ४०० रोपनी खेत बाढीले कटान गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिए । निशी, देवीस्थान र बोहरागाउँमा २०० रोपनी खेत बगरमा परिणत भएको छ । भीमगिठे, ग्वालीचौर, रेश, बोङ्गादोभानलगायतका गाविसमा बाढीले खेत बगाएको हो ।
बाढीका कारण धानखेती नष्ट भएको छ । खेतीयोग्य जमिन नै बाढीले कटान गरेपछि किसान चिन्तित बनेका छन् । घरबास गुमाउने परिवारको सङ्ख्या १२३ रहेको छ । “सबै जमिन बगरमा परिणत भएको छ,” अधिकारीचौरकी पवित्रा बुढाले भने ।
अधिकारीचौरको छालहाल्ने, दोगाडी र चामेद्वारका ६७ घरमा बाढीले अत्यधिक क्षति पु¥याएको छ । कृषि विकास कार्यालयले राहत कार्यक्रम ल्याउन क्षतिको विवरण सङ्कलन गरी मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयबाट आउने कार्यक्रमअनुसार राहत र क्षतिपूर्तिका कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
बाढी प्रभावितका लागि प्रारम्भिक चरणको राहत जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको छ । सरकारी, गैरसरकारी क्षेत्रबाट राहत सङ्कलन र वितरणको कार्य चलिरहेको छ । बागलुङमा कुल ४६ हजार हेक्टर जमिनमध्ये ३० हजार हेक्टर खेतीयोग्य रहेको तथ्याङ्क छ । ८०० रोपनी खेत बगायाे
बागलुङ/यही साउन १० र ११ गतेको बाढीले जिल्लामा दुई हजार ८०० रोपनी खेत बगाएको छ ।
स्थानीय भुजी खोलामा आएको बाढीले अधिकारीचौरमा मात्र ४०० रोपनी खेत बाढीले कटान गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिए । निशी, देवीस्थान र बोहरागाउँमा २०० रोपनी खेत बगरमा परिणत भएको छ । भीमगिठे, ग्वालीचौर, रेश, बोङ्गादोभानलगायतका गाविसमा बाढीले खेत बगाएको हो ।
बाढीका कारण धानखेती नष्ट भएको छ । खेतीयोग्य जमिन नै बाढीले कटान गरेपछि किसान चिन्तित बनेका छन् । घरबास गुमाउने परिवारको सङ्ख्या १२३ रहेको छ । “सबै जमिन बगरमा परिणत भएको छ,” अधिकारीचौरकी पवित्रा बुढाले भने ।
अधिकारीचौरको छालहाल्ने, दोगाडी र चामेद्वारका ६७ घरमा बाढीले अत्यधिक क्षति पु¥याएको छ । कृषि विकास कार्यालयले राहत कार्यक्रम ल्याउन क्षतिको विवरण सङ्कलन गरी मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयबाट आउने कार्यक्रमअनुसार राहत र क्षतिपूर्तिका कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
बाढी प्रभावितका लागि प्रारम्भिक चरणको राहत जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको छ । सरकारी, गैरसरकारी क्षेत्रबाट राहत सङ्कलन र वितरणको कार्य चलिरहेको छ । बागलुङमा कुल ४६ हजार हेक्टर जमिनमध्ये ३० हजार हेक्टर खेतीयोग्य रहेको तथ्याङ्क छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।