करेन्ट लागेर मृत्यु
सिन्धुली/सिन्धुलीमा छाप्रो वाइरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बाशेश्वर गाविस–८ निवासी ५१ वर्षीय डम्बरबहादुर माझीको ज्यान गएको हो ।
डम्बरबहादुर माझीले छाप्रोमा वाइरिङ गर्ने क्रममा अचानक बायाँ हातमा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
करेन्ट लागी बेहोस भएका माझीलाई उपचारका लागि सुनकोसी अस्पताल खुर्कोट लगिएको र उपचारका क्रममा मङ्गलबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए ।
छाप्रोमा वाइरिङ गर्दा ज्यान गुमाएका माझीको शवपरीक्षणका लागि शव जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएको छ । इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली खटिगएको र घटना सम्बन्धमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माझीले सामान्य सावधानी पनि नअपनाउँदा ज्यान गएको प्रहरीको भनाइ छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































