[caption id="attachment_3718" align="alignleft" width="206"]arun डा.अरुणकुमार सिंह[/caption] आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ । ग्यास्ट्राइटिस समस्याको सबैभन्दा ठूलो कारण हो, ग्यास बनाउने खालका खानेकुरा । केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपाडी आदि पेटमा ग्यास बनाउने खालका खाद्यपदार्थ हुन् । ग्यास बन्ने अर्को कारण हो, लामो समयसम्म भोको रहनु । ग्यास्ट्रिकको समस्या पेटसँग सम्बन्धित समस्या हो त्यसैले पेटलाई आराम दिन थोरै खाने बानी गर्नुपर्छ । धेरै खानाले पनि ग्यास्ट्रिकको समस्या देखिन्छ ।नियमित रुपमा खाना खाने बानी गर्नाले ग्यास्ट्राइटिसको समस्या समाधान हुन सक्छ । बिहान खाजा पनि नखानु र दिउँसो एकसाथ खाना खानु गलत बानी हो । यसले ग्यास्ट्राइटिसको समस्या उत्पन्न हुन्छ । यसबाट जोगिन नियमित रुपमा खाना खानुपर्छ । खाना खाँदा चपाएर मात्र खानुपर्छ ।बढी तेल र मसाला मिसाइएको खाना पनि ग्यास्ट्रिकको कारण हुन सक्छ । यसैले यस्ता कुरा मिसाइएको खानेकुराबाट जोगिनुहोस् । खानामा सधैँ हरियो तरकारी सामेल गर्नुहोस् । पेट पूरै भरिनुभन्दा अघि खान मन लाग्दालाग्दै उठ्नुहोस् । यसबाट खाना राम्ररी पच्छ । छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित्त बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिङ्गटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु ग्यास्ट्रिकका लक्षण हुन् । त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ–ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुँडेल्ने, तौल कम हुने लक्षण देखिन्छन् । हानि गर्ने पदार्थहरूको सेवनले गर्दा यस्तो हुन्छ । यी पदार्थहरूमा दुखाइ कम गर्ने औषधि (एस्प्रिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) सेवन, विषसेवन, मसला, खुर्सानी र नुन बडी हालेको खानेकुरा, जाँडरक्सी, कोकिनजस्ता मादक पदार्थ पर्दछन् । आमाशयमा एच पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फङ्गसको सङ्क्रमणले पनि हुने गर्छ ।बढी रक्सी पिउने बानीले ग्यास्ट्रिकको समस्या बढाउँछ यद्यपि रक्सीमात्र यसको मुख्य कारण होइन । तर रक्सी नखाँदा या यसको सेवन सीमित गर्नाले भविष्यमा हुने ग्यास्ट्राइटिसबाट जोगिन सकिन्छ । यस बाहेक खानामा ल्याक्टोज र ग्लुटनजस्ता आहार लिनबाट जोगिनुहोस् ।ग्यास्ट्रिकमा पेटमा बन्ने एसिड कम गर्न प्रभावकारी औषधि एन्टासिड या अन्य औषधि दिइन्छ । अन्यथा एसिड फुलेको क्षेत्रमा बढी जलन पैदा गर्ने कारण बन्न सक्छ । साथै ग्यास्ट्राइटिसका दौरान एस्पिरिन र नन स्टेराइडल–एन्टी इन्फ्लेमेटरी जस्ता औषधि दिनबाट जोगिनुपर्छ । (लेखक धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् बालरोग विशेषज्ञ हुन् ।)