श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३६ आश्विन ८ गते शनिबार २४ सेप्टेम्वर २०१६ सौम्यनाम संम्वत्सर दक्षिणायनं शरद ऋतु अश्विन कृष्णपक्षको अष्टमी तिथि ७/३ बजेसम्म उप्रान्त नवमी आद्र्रा १९/३४ बजेसम्म उप्रान्त पुनर्वशु चन्द्रमा राशी मिथुन सूर्योदय ५/५४ सूर्यास्त ५/५६ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) यात्रा एवम् आकर्षक कार्यक्रममा संलग्न भइएला । साथीभाइको सहयोग मिल्नाले महत्वपूर्ण काम हात पर्ला । रमाइलो वातावरणमा दिन बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय सामान्य खालको छ । नयाँ कामको योजना बनाउँदा बनाउँदै समय बित्ला । अर्काको भरमा कुनै पनि काम नछाड्नु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय उत्तम खालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । धातुजन्य कार्य व्यवसायमा लाभ मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा आफन्तको सहयोग मिल्नेछ । रमाईलो यात्राको अवसर आउला । जग्गाजमिनको कारोबारबाट विशेष लाभ मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय राम्रो छ । बौद्धिक काममा सफलता मिल्ला । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आकस्मिक धनलाभ हुनेछ । साझेदारी काममा सफलता मिल्ला । न्यायिक क्षेत्रमा भने विघ्नबाधा आइपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय मध्यम खालको छ । पठनपाठनमा रुचि भए पनि समयले साथ नदेला । पारिवारिक वातावरणमा धमिलोपन आउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जग्गा मिन तथा कृषिजन्य व्यवसायमा मन जाला । नयाँ कामको शुभारम्भ हुनेछ । मातृपक्षको सहयोग मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) समय मध्यम खालको छ । घरायसी काममा रुचि बढ्नेछ । प्रियजनको सहयोगमा महत्वपूर्ण कामको थालनी होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय उत्तम खालको छ । दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । नयाँ कामको आरम्भ होला । वेदैशिक यात्राको अवसर मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय सामान्य खालको छ । शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । मन चिन्तित रहला ।