ताप्लेजुङ/ताप्लेजुङ नगरपालीकाको विभिन्न स्थानमा गत भदौ १७ गते राति गएको पहिरोबाट विस्थापित परीवारलाई ताप्लेजुङ सरोकार केन्द्र काठमाडौले जस्ता पाता वितरण गरेको छ । ताप्लेजुङ नगरपालीका ८, ७, २ र फुलबारी ३ का पहिरोका कारण पुर्ण रुपमा विस्थापित १६ परीवारलाई केन्द्रले सोमबार प्रति परीवार तीन वण्डल जस्तापाता वितरण गरेको हो । ताप्लेजुङ नगरपालीका ८ र ७ का पहिरो प्रभावितलाई ताप्लेजुङ नगरपालीका ८ स्थित हिटि बजारबाट जस्तापाता वितरण गरीएको केन्द्रका उपाध्यक्ष रमेश बरालले बताए । अन्य परीवारलाई उनिहरु पायक पर्ने स्थानबाट वितरण गरीएको बरालको भनाई छ ।
जस्तापाता पाउनेहरुमा ताप्लेजुङ नगरपालीका ८ का पवित्रा थापा मगर, सन्तोस गहते, मनकुमार तामाङ, भक्तबहादुर बोखिमको घरमा बस्ने ललितमान विक, लक्ष्मी वर्देवा, मनमायाँ विक, अमर बहादुर मगर, रामप्रसाद मगर, चन्द्र विक, कृष्ण कुमारी पालुङ्वा, पुर्ण खतिवडा, खड्कराज बोखिम, ताप्लेजुङ नगरपालीका ७ का अमर गुरुङ, पुन्य पौडेल ताप्लेजुङ नगरपालीका २ का शिव राई र फुलबारी ३ का कुमार ढोलि रहेका छन् । उनिहरु सबैलाई संसद डम्बरधोज तुम्बाहाम्फे, सरोकार केन्द्रका उपाध्यक्ष रमेश बराल, कोषध्यक्ष युवराज गुरुङ, महा–सचिव बलबहादुर तमाङ लगायतको उपस्थितिमा जस्तापाता वितरण गरीएको हो ।
सो जस्ता पाताको मुल्याङ्कनलाई हेदा पहिरो प्रभावितको लागि सबै भन्दा बढि मुल्यको राहत रहेको आयोजकले बताएको छ । यसैविच गायक खगेन्द्र याक्सो संयोजक रहेको ताप्लेजुङ गायन समाज काठमाडौले संकलन गरेको नगद १० हजार रुपैयाँमा केहि नगद थपि सोहि अवसरमा मृतकका परीवार कृष्ण कुमारी पालुङ्वा, मनकुमार तामाङ र टिकाराम मगरलाई प्रति परीवार ३ हजार पाँच सयका दरले वितरण समेत गरीएको थियो ।