[caption id="attachment_13385" align="alignleft" width="150"]dhan धनबहादुर पुरी [/caption]

जिल्लाका दुई नगरपालिकाहरु एकसाथ उपमहानगरपालिका घोषित भएपछि सुनसरी दुईवटा उपमहानगरपालिका हुने नेपालको एकमात्र जिल्ला बनेको हो । पूर्वकै नेतृत्व गर्ने यी दुवै शहर अहिले सिमानाको विवादमा अल्झिएका छन् । धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका बीचको सिमाना विवादमा दुवै नगरका अगुवाहरु एकअर्काप्रति आरोप–प्रत्यारोप गरिरहेका छन् ।

साबिकदेखि हाँसपोसा गाविसले भोगचलन गरिरहेको क्षेत्रलाई धरानले उपमहानरपालिकाले आप्mनो क्षेत्र भएको दावी गरेपछि यो विवाद शुरु भएको हो ।देश सङ्घीयतामा गएको छ । सिमानामा विवाद हुनु पनि स्वाभाविक हो तर एउटा नगरले गाडेको बोर्ड अर्को नगरवासीले निकालेर फाल्नु राम्रो हो त ? साबिकदेखि उपभोग गरिरहेको क्षेत्रमा धरानको किन आपत्ति ? के यो समस्याको समाधान बोर्ड उखेलेर होला त ? यस विषयमा किन सोचेन बोर्ड उखेल्न दलबलसहित सेउती आएको धरान काङ्ग्रेसले ? चर्चा बटुल्न कुनै निकायसँग छलफल नै नगरी बोर्ड उखेल्नु काङ्ग्रेसको गम्भीर त्रुटि हो । दुई उपमहानगरपालिकाका जिम्मेवार व्यक्ति बोलाएर बुद्धिजीवी र राजनीतिक अगुवासहित छलफल गर्नुपर्नेमा हचुवाको भरमा बोर्ड हटाउँदा इटहरीवासीलाई चिढ्याउनेबाहेक केही नहोला ।

अहिलेसम्म क्षेत्राधिकार नखोजी बसेको धरानले अहिले आएर बोर्ड उखेल्न मिल्छ ? सेउतीयताको भूभाग इटहरीकै हो भनेर भनिरहनु पर्दैन तर यस विषयमा उत्तेजनाभन्दा एकआपसमा छलफल गरेर सहमति गर्नु पथ्र्यो ।इतिहासदेखि धरान र साबिक हाँसपोसा (हाल इटहरी उपमहानगरपालिका) को सिमाना त्यही हो । प्रहरी प्रशासनले पनि यसलाई नै सिमाना मान्दै आएको छ । सेउतीयताका सामुदायिक वनहरु पनि इटहरीले नै भोगचलन गरिरहेको छ । यसमा धरानले आँखा लगाउनु व्यर्थ हो । बरु समस्याको समाधानमा लाग्नु नै बेस होला ।छिमेकी गाविसलाई गाभेर उपमहानगरपालिका घोषणा भएलगत्तै इटहरीले सीमाक्षेत्रमा राखेको स्वागत बोर्ड धरान काङ्ग्रेसले किन हटायो ? यो विषयमा धरान काङ्ग्रेस गम्भीर हुनुपर्छ । सीमाक्षेत्रको बोर्ड हटाउन लिखित पत्र पठाउने धरान उपमहानगरका तत्कालीन कार्यकारी अधिकृत टीकादत्त राई अहिले इटहरी आएका छन् । धरानमा हुँदा धरानको सीमा पानीपियासम्म रहेको दावी गर्दै आएका उनले इटहरीवासीको हितलाई कसरी सम्बोधन गर्लान् ? जीआईएसअनुसार आफ्नो सीमामा बोर्ड राख्न भन्दै कार्यकारी अधिकृत राईले नै इटहरीलाई पत्र पठाएका थिए । अब के गर्लान् कार्यकारी अधिकृत राईले ? उनी इटहरी आएसँगै सीमाको बहस तीव्र भइरहेको छ । तत्कालीन हाँसपोसा गाविस र धरानले सेउती पुललाई नै सिमाना मान्दै आएका थिए । यस विषयमा कानूनी आधारसँगै व्यावहारिक पक्ष पनि हेरेर निर्णय गर्न सक्नुपर्छ ।

इटहरी उपमहानगरपालिकाले भने साबिक हाँसपोसा गाविस आपूmमा गाभिएको कारण पुरानै सिमानाको आधारलाई अहिले पनि मानिरहेको छ । सेउतीको पुरानो पुलमा हाँसपोसा गाविसको बोर्ड थियो, गाविस गाभिएपछि इटहरीले त्यसैको आधारमा आप्mनो सिमाना दावी गर्नु स्वाभाविक हो । आप्mनो क्षेत्राधिकारको कुरामा भने इटहरी उपमहानगरपालिका गम्भीर हुनु जरुरी छ । आधिकारिक कागजातका आधारमा यकिन सिमाना पत्ता लगाई विवादको समाधान गर्नु नै उचित हो । इटहरी इलाका प्रहरी कार्यालयले सेउती पुलसम्म हेर्ने र त्यसमाथि धरान प्रहरीले हेर्ने गरेका छन् । त्यस्तै हाँसपोसा सामुदायिक वन उपभोक्ता समूह र अझ भवानीपुर सामुदायिक वन समूहले त सेउती पुलपारि सात सय मिटर उत्तरसम्म गस्ती गरी वन संरक्षण र सम्वद्र्धन गरिरहेका छन् । त्यसैले पनि व्यावहारिकताको आधारमा नक्शा संशोधन गर्नुपर्ने माग इटहरीका केही राजनीतिक दलका प्रतिनिधि तथा बुद्धिजीवीले गर्नुलाई स्वाभाविक मान्नुपर्छ । सहमतिमा मिल्ने कुरालाई प्रोपोगाण्डा गरेर मिडियाबाजी गर्दा दुवै शहरलाई फाइदा नहोला । त्यस कारण वास्तविकतालाई आधार मान्दै सेउतीयताको भूभाग इटहरीलाई नै दिनु उचित होला ।

देशको सङ्घीय संरचना र सीमाङ्कनमा विवाद भइरहेकै बेलामा आएको यी दुई नगरबीचको सीमा विवादको दीर्घकालीन निकास बेलैमा खोज्नु आजको आवश्यकता हो । पूर्वाञ्चल विकास क्षेत्रमा अवस्थित धरान नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको शहर हो । हालको आधुनिक धरान रहेको स्थानमा शुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको ‘धरान’ शहरको नामकरण भएको भनाइ छ । वि.सं. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट विकसित धरान १९५९ सालमा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले ‘चन्द्रनगर’ (हाल पुरानो बजार) र १९९० तिर श्री ३ जुद्धशमशेरले जुद्धनगर (हालको नयाँबजार) बसालेको इतिहास पाइन्छ । २०१७ सालमा नगरपालिका घोषित भएको धरानले अहिलेसम्म किन खोजेन आप्mनो सिमाना ? अहिले आएर छिमेकी शहरलाई चिढ्याउनु कदापि राम्रो हैन । त्यसैले धरानले व्यावहारिक पक्षलाई हेर्दै सेउतीयताको भाग इटहरीलाई नै छोड्नुपर्छ कि !