विद्युत् चुहावट गर्ने २१ जनालाई थुनामा पठाइयो
लहान/हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई विद्युत् प्राधिकरण कार्यालय लहानले पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठाएको छ ।
विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मङ्गलबार साँझ लहान नगरपालिकासहित जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएका उनीहरुलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पठाएको छ ।
विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा लहान नगरपालिकाको विभिन्न वडाबाट १७ जना र भवानी कलाबञ्चरबाट दुई तथा गाढा गाविसबाट दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि थुनामा पठाएको विद्युत् प्राधिकरण लहानका निमित्त प्रमुख त्रिभुवनकुमार यादवले जानकारी दिए ।
पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरिने निमित्त प्रमुख यादवले बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































