smaranधरान/एक मिनेटमा ४२ प्रकारका नामहरु स्मरण गर्दै वल्ड रेकर्ड अफ गिनिज बुकमा नाम लेखाउन सफल अर्पण शर्माले स्मरण शक्ति अभिवृद्धि गर्ने तरिकाबारे जानकारी गराएका छन् । बिहीबार लायन्स क्लब अफ धरान बुढासुब्बाको आयोजनामा शर्माले स्मरणशक्तिबारे तालिम प्रदान गरेका हुन् । उनले सहभागीहरुलाई ३० वटा नामहरु भन्न लगाएर एक मिनेटमा नै याद गर्दै भनेका थिए । स्मरण शक्ति बढाउनको लागि योगा महत्वपूर्ण रहेको जनाउँदै पढ्दा याद गर्ने तरिकाबारे तालिम प्रदान गरेका थिए ।सजिलै याद गर्नको लागि तनावमुक्तसमेत रहनुपर्ने उनले जिकीर गरे । कार्यक्रमको उद्घाटन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले गरेका थिए । लायन्सका अध्यक्ष लायन दीपेन्द्र निरौलाको सभापतित्वमा भएको कार्यक्रममा लायन्सका विभिन्न पदाधिकारीहरु उपस्थित रहेका थिए ।